नेपाल समूहका सांसद बालुवाटार बैठकमा गएनन्

डिसी नेपाल
५ चैत २०७७ १२:०८

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूहका सांसद अनुपस्थित भएका छन्। संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाल समूह अनुपस्थित भएका हुन्।

‘बैठक जुध्यो, महत्वपूर्ण विषयवस्तु नभएका कारण हामी बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा सहाभागी नहुने भयौं,’ नेपाल निकट केन्द्रीय सदस्य समेत रहेका सांसद राजबहादुर बुढाले डिसी नेपालसँग भने, ‘बालुवाटारको बैठक भन्दा हेरिटेज गार्डेनको कार्यकर्ता भेला महत्वपूर्ण भएकाले संसदीय दलको बैठकमा सहभागी नहुने निधो भयो।’

नेपाल समूहले संसदीय दलको बैठक बोलाएकै समय पारेर आफू पक्षीय सांसदको भेला गरेको थियो। नेपाल समूहको सांसदको भेलामा सुरुमा दलको बैठकमा जानुपर्ने विषयमा छलफल भएको थियो।

शीर्ष नेताहरु बाहेक अन्य सांसदहरु बैठकमा जाने भनेर केही सांसद बालुवाटार जाने तयारी पनि गरेका थिए। तर फेरि बैठकमा सहभागी नहुने निर्णय भएको एक सांसदले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *