साताको अन्तिम कारोबारका दिन नेप्से ४३ दशमलव ९५ अंक बढ्यो

डिसी नेपाल
५ चैत २०७७ १५:४९

काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिव ४३ अंकले बढेको छ।
बिहीबार नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २४ सय ७५ दशमलव ०९ अंकमा रोकिएको छ।

कुल २ सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ६६ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भयो।

बिहीबार व्यापार समूह बाहेकका सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक ४ सय १५ दशमलव ४७ अंकले बढेको छ।

यस दिन नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै ७६ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भयो। यस्तै सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६.८५ प्रतिशतका दरले गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *