राजनीतिक दलहरुले आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्छः पूर्वराष्ट्रपति डा यादव

डिसी नेपाल
५ चैत २०७७ १८:२२

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

डा यादवले भने, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे । उनले थपे, “म आशा गर्छु, राजनीतिक दलहरुले आआफ्नो कर्तव्य निर्वाह गर्ने छन् ।”

देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए । उनले भने, “हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *