भारतको रोमाञ्चक जित, सिरिज बराबरी
![भारतको रोमाञ्चक जित, सिरिज बराबरी](https://www.dcnepal.com/wp-content/uploads/2021/03/india-1.jpg)
काठमाडौं । इंग्ल्याण्डसँगको चौथो टी२० खेलमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । अहमदाबादमा बिहिबार भएको खेलमा भारतले इंग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।
भारतले दिएको १८६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो । त्यसका लागि बेन स्टोक्सले ४६ तथा जेसन रोयले ४० रन बनाए । यस्तै जोनी बेयरस्टोले २४ रन बनाए । भारतका शार्दुल ठाकुरले ३ तथा हार्दिक पाण्ड्या र राहुल चहरे २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सुर्यकुमार यादवको आक्रामक ब्याटिङमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । त्यसका लागि यादवले सर्वाधिक ५७ रन बनाए । यस्तै श्रेयस ऐअरले ३७ तथा ऋषभ पन्तले ३० रन बनाए । इंग्ल्याण्डका जोफ्रा आर्चरले ४ विकेट लिए ।
भारतको यो जितसँगै ५ खेलको टी२० सिरिजमा २–२ को बराबरी भएको छ । अब शनिबार हुने अन्तिम खेलमा विजेता टोलीले सिरिज जित्नेछ ।
Facebook Comment