सफानगर अभियानमा ललितपुर महानगर : बिजुलीका पोलका पोष्टर र ब्यानर हटाइँदै

डिसी नेपाल
६ चैत २०७७ ९:४९

काठमाडौं । ललितपुर महानगरपालिकाले शहरलाई कुरुप नबनाउँ भन्ने अभियानका साथ मापदण्ड विपरितका होडिङबोर्ड र बिजुलीको पोलमा टासिँएका प्रचार सामग्री हटाउन थालेको छ।

पहिलो चरणमा  ३ महिना पहिला अभियान संचालन गरिएकाे थियाे।  तर फेरि पनि प्रचार सामाग्री  राख्न थालेको भन्दै शुक्रबारदेखि दोश्रो चरणमा यस्ता सामग्री हटाउन थालिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

डिसी नेपालसँग कुरा गर्दै प्रवक्ता महर्जनले भने, ‘पहिलो चरणमा सबै हटाएका थियौं। नगर प्रहरीले ट्राफिक व्यवस्थापन, विजुलीको तार व्यवस्थापनमा ध्यान दिएसँगै पुनः शहर कुरुप बनाउने गरी विजुलीका पोलमा पोष्टरहरु टाँस्न थालियो र दोस्रो चरणको अभियान सुरु गर्नु पर्ने भयो।’

उनका अनुसार विजुलीको पोलमा टाँसिएका ‘एफोर पेपर’ का प्रचार सामग्री, ८०/८० भन्दा ठूला होडिङबोर्ड, करको दायरामा नआएका प्रचार सामग्रीहरु पनि हटाइने भएको छ।

‘रेडियोहरु छन्, टेलिभिजनहरु छन्, अनलाइन पनि थुप्रै छन्,’ प्रवक्ता महर्जनले भने, ‘प्रचार–प्रसार त त्यताबाट गरे पनि हुन्छ । शहर कुरुप हुने गरी विजुलीको पोलहरुमा, रुखहरुमा व्यानर, पोष्टर, र होडिङबोर्ड राख्ने गर्नु भएको छ। यसले शहरलाई कुरुप देखाएको हुँदा, सफा र सुन्दर शहर बनाउनका लागि हटाउनु पर्ने आवश्यक्ता भयो र काम थालनी गरियो।’

विषेश गरी विभिन्न कलेज, कम्पनीहरुको होडिङबोर्ड र ब्यानर अनि ट्युसन सेन्टरको एफोर पेपरमा लेखिएका प्रचार सामग्रीहरु बिजुलीको पोलमा टाँसेर भद्दा देखिन थालेपछि अभियानलाई दोहो-याएर हटाउन थालिएको प्रवक्ता महजर्नको भनाइ छ।

महानगरपालिका अन्तर्गतको महानगर प्रहरीलाई जिम्मेवारी दिएर हटाउन थालिएको प्रवक्ता महर्जनले जानकारी दिए। उनका अनुसार यसभन्दापछि पनि त्यसरी राखिएको, विजुलीको पोलमा टाँसिएको पाइएमा अनुसन्धान गरेर कारवाही गरिने जानकारीसमेत प्रवक्ता महर्जनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *