विदेशी नागरिकलाई जापान प्रवेशमा अझ पनि कडाई

टोकियो। जापानले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाएको आपतकाल हटाए पनि विदेशी नागरिकलाई जापान प्रवेशमा लगाएको प्रतिबन्ध यथावत् राख्ने निर्णय गरेको छ।
जापानमा दैनिक रुपमा करिब २ हजार विदेशिएका जापानी र पुनः प्रवेशको अनुमति पाएका आवासीय हैसियतका विदेशीहरु लगायत प्रवेश गर्ने अपेक्षा गरिएको छ।
बिहीबार जापान सरकारले आपतकाल हटाउने तर विदेशी नागरिकमाथिको कडाई यथावत राख्ने निर्णय गरेको हो। तर सरकारले सार्वजनिक हित र आपतकालिन अवस्थाको सामना गरिरहेकाहरुलाई भने अपवादका रुपमा प्रवेश गर्न दिने भएको छ।
जापान सरकारको यो निर्णयसँगै जापान आउन तयारी गरिरहेकाहरुले अझै केही समय कुर्नुपर्ने भएको छ। नेपालीहरु पनि ठूलो संख्यामा स्टुडेन्ट भिसामा जापान आउने गर्छन्। तर, कोरोनाका कारण लागेको प्रतिबन्ध नहटेपछि नेपाली विद्यार्थीहरुसमेत मर्कामा परेका छन्।
‘जापानले हवाई उडानमा यात्रीको संख्यामा सीमा तोकेर दैनिक रुपमा प्रवेश गर्ने कूल संख्यामा नियन्त्रण गर्नेछ,’ प्रधानमन्त्री योशिहिदे सुगाले पत्रकार सम्मेलनमा जान्कारी दिएका छ्न्।
Facebook Comment