टेकोका भरमा भद्रकाली सत्तल, दर्शनार्थी त्रासमा

डिसी नेपाल
६ चैत २०७७ १९:१८

काठमाडौं । भद्रकालीस्थित गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोका भरमा अड्याइएको छ । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने गरेका छन् । करिब १०० वर्षअघि बनेको भवन टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थी रामबहादुर श्रेष्ठको गुनासो छ । त्रासका कारण मन्दिरमा दर्शन गरेर भाग्नुपरेको उनको भनाइ छ ।

संस्थानको अभिलेख, पुस्तकलायलगायत महत्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनीसमेत भाडामा बसिरहेका छन् । कार्यालयका सूचना अधिकारी श्रीरत्न शाक्य भवन बनाउन नक्सा तयार भइसकेको बताउँछन् । विसं २०३२ मा स्थापना भएदेखि कार्यालय भद्रकालीकै भवनमा राखिएको हो ।

राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको निर्माण सामग्री प्रयोग गरेर भद्रकाली मन्दिरको सत्तल निर्माण भएको इतिहास विभिन्न दस्तावेजमा पाइएको कार्यालय प्रमुख राजेन्द्र दाहाल बताउँछन् । भूकम्पले भवन क्षतिग्रस्त भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राथमिकता सूचीमा नपर्दा पुनःनिर्माण हुन नसकेको उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *