‘नेकपा एमाले संसदीय दलको विधान २०७७’ अनुमाेदनका लागि केन्द्रीय कमिटीमा पठाइयाे

डिसी नेपाल
७ चैत २०७७ १४:१४

काठमाडौं । नेकपा एमालेको आज बसेको संसदीय दलकाे बैठकले ‘संसदीय दलको विधान २०७७’ पारित गरेको छ। बालुवाटारमा बसेको संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै मुख्य सचेतक विशाल भट्टराईले विधान संशोधनसहित पारित भएको जानकारी दिए।

‘नेकपा एमाले संसदीय दलको विधान २०७२ आवश्यक परिमार्जित गर्दै संसदीय दलको बैठकमा पेस गरेको थियो।’ भट्टराईले भने, ‘आवश्यक छलफल भयो। १० जना सांसदहरुले विधानका बारेमा बोल्नु भयो र विधान पारित भयो।’

संसदीय दलबाट पारित भएको उक्त विधानलाई आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गर्ने पनि प्रमुख सचेतक भट्टराईले जानकारी दिए।

नयाँ पारित भएको विधानमा संविधान, पार्टीको विधान र राजनीतिक दलसम्बन्धि ऐन लगायतका विषयमा संशोधन भएको उनले जानकारी दिए।

संसदीय दलको बोर्डको सदस्य थपेर २९ सदसीय बनाईयो। पहिलेको विधानमा २७ जनाको बोर्ड रहने व्यवस्था थियो। दलको उपनेता दलबाट नै हुने व्यवस्था भए पनि अबदेखि दलको नेताले नै उपनेता तोक्न पाउने व्यवस्था पनि राखिएको छ।

संशोधित दलको विधान अनुसार प्रतिनिधिसभाबाट मात्र दलको नेता तोक्न पाउने व्यवस्था गरिएको छ। यस भन्दा पहिलाको विधानमा प्रतिनिधिसभाबाट पनि दलको नेता तोक्न पाउने व्यवस्था थियो।

विधान संशोधनका बारेमा बोल्ने सांसदहरुमा, खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना केसी, विमला विक, गोपाल बम, भानुभक्त ढकाल, शान्ति पाख्रिन, कृष्ण भक्त पोखरेल रहेका छन्।

नेकपा एमाले भएपछि अलगै बस्दै आएका बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा उपस्थित थिए। भट्टराईले भने, ‘बामदेव गौतम काम्रेडले पनि विधान सहित केही राजनीतिक घटना क्रमबा बारेमा बोल्नु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *