काट्न लागिएको सुँगुरलाई महिलाले बचाइन्, सुँगुरले ४ वर्षमा ८० लाख रुपैयाँ कमाइदियो

डिसी नेपाल
७ चैत २०७७ १५:०४

काठमाडौं। एक महिलाले ४ वर्ष पहिले काट्नको लागि पालिएको एउटा सुँगुरको बच्चालाई बचाएकी थिइन् । मात्रै ४ हप्ताको सुँगुरको बच्चालाई कसाइखानामा काट्नको लागि हुर्काइँदै थियो । महिलाले त्यही बेला त्यो पोथी बच्चा किनिन् । त्यो सुँगुरले अहिलेसम्म ५० लाख पाउण्ड (८० हजार रुपैयाँ) कमाइसकेको छ ।

यो सुँगुरले क्यानभासमा पेन्टिङ बनाउँछ । पछिल्लो पटक यो सुँगुरले बनाएको एउटा पेन्टिङ २ हजार ३५० पाउण्ड (३ लाख ७७ हजार रुपैयाँ)मा बिक्री भएको छ । पिग्कासो नामको यो पोथी सुँगुरले बनाएको बेलायती राजकुमार ह्यारीको पेन्टिङ यति महंगोमा बिकेको हो । द सनको रिपोर्टअनुसार यो पेन्टिङ स्पेनका एक व्यक्तिले किनेका हुन् ।

पिग्कासोले अहिलेसम्म पेन्टिङ बनाएर ८० लाख रुपैयाँभन्दा धेरै कमाइसकेको छ । पिग्कासोले कमाएको पैसा अन्य जनावरको हेरचाहको लागि खर्च गरिन्छ । पिग्कासो ४ वर्षको छ । सपग्कासोले अहिलेसम्म सयौं पेन्टिङ बनाइसकेको छ । पिग्कासोकी मालिक्नीको नाम जोने लेफसन हो । लेफसन र पिग्कासो दक्षिण अफ्रिकामा बस्छन् ।

पिग्कासोको कमाइबाट जति आम्दानी हुन्छ त्यो पैसा लेफसनले फार्ममा राखिएका अन्य जनावरको हेरचाहको लागि खर्च गर्छिन् । रिपोर्टअनुसार राजकुमार ह्यारीको पेन्टिङ पिग्कासोले केही मिनेटमा बनाएको हो । यसअघि पिग्कासोले बेलायतकी महारानीको पनि पेन्टिङ बनाएको थियो जुन पेन्टिङ २ हजार पाउण्डभन्दा धेरैमा बिक्री भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *