ओलीको विरोधमा आएको बाबुराम र उपेन्द्रको प्रतिवेदनको बिजोक

डिसी नेपाल
८ चैत २०७७ ९:२८

काठमाडौं। सर्वोच्च अदालतको आदेशले नेकपामा औपचारिक विभाजन भएपछि सत्ताको साँचो हातमा लिएको मधेस केन्द्रित दल जनता समाजवादी पार्टीमा त्यसका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले तयार पारेको प्रतिवेदनको विजोक भएको छ।

सत्तामा सहभागी हुने कि नहुने भन्ने विषयलाई लिएर तयार गरेको प्रतिवेदनको विजोक भएको हो। स्रोतका अनुसार, गतहप्ता बसेको केन्द्रीय बैठकमा पेश गर्नका लागि डा. भट्टराई र उपेन्द्र यादवका तर्फबाट तयार गरिएको राजनीतिक प्रतिवेदनलाई अर्का अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतोले अस्वीकार गरेका थिए।

केन्द्रीय बैठकमा प्रस्तुत हुनुअघि सो लिखित प्रतिवेदनलाई जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले बाचन गरी पाँचजना नेतासामु प्रस्तुत गरेका थिए। महन्त ठाकुर, राजेन्द्र महतो, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र श्रेष्ठ भएको बैठकमा पेश गरिएको थियो।

प्रचण्ड र माधव नेपालको पक्षमा हाम्रो पार्टीको प्रतिवेदन आउनुको कुनै तुक देखिएन। हाम्रो पार्टीको प्रतिवेदन हामीले उठाउँदै आएका इस्यूहरुमा केन्द्रित भएर आउनुपर्छ त्यसैले महन्त ठाकुर राजेन्द्र महतोले सो प्रतिवदेनलाई अस्वीकार गर्नुभएको हो

यादवले यही प्रतिबेदनलाई केन्द्रीय बैठकमा प्रस्तुत गरी छलफल गराउन चाहेका थिए र उनको कुरालाई डा.भट्टराईले पनि समर्थन गरेका थिए। प्रतिवेदनमा नेकपाभित्र प्रचण्डमाथि अन्याय भएको कुरा घुमाइफिराइ पुष्टि गर्न खोजिएको र यसरी अन्याय गर्ने प्रधानमन्त्री ओलीलाई लोकतन्त्रविरोधी व्यक्तिका रुपमा चित्रित गरिएको थियो।

‘प्रचण्ड र माधव नेपालको पक्षमा हाम्रो पार्टीको प्रतिवेदन आउनुको कुनै तुक देखिएन। हाम्रो पार्टीको प्रतिवेदन हामीले उठाउँदै आएका इस्यूहरुमा केन्द्रित भएर आउनुपर्छ त्यसैले महन्त ठाकुर राजेन्द्र महतोले सो प्रतिवदेनलाई अस्वीकार गर्नुभएको हो,’ प्रतिवेदनबारे जानकारी एक जसपाका नेताले डिसी नेपाललाई बताए।

स्रोतका अनुसार, पाँच जनाको बैठकमा उपेन्द्र यादवले केन्द्रीय बैठकमा पेश गरी छलफल चलाऊँ र त्यही जे हुन्छ त्यही गरुँ भन्ने अडान लिएका थिए। तर, महन्त र राजेन्द्रले के पार्टी फोड्न खोजेको हो ? त्यहाँ लगेर छलफल गराउंदा मत विभाजन हुने र प्रतिवेदन पारित नहुने अवस्था स्पष्ट हुँदा हुँदै किन जवर्जस्ती गर्न खोजेको? भन्दै यादवलाई प्रश्न गरेका थिए ।

पाँच नेताको छलफलमा तीनजना यो प्रतिवेदनको पक्षमा भए पनि महन्त र राजेन्द्रले अस्वीकार गरेकाले प्रतिवेदन त्यहीँबाटै फिर्ता भएको थियो। जसपाभित्र सत्तामा जाने कि नजाने? ओलीलाई समर्थन गर्ने कि देउवा वा प्रचण्डलाई भन्नेमा व्यापक मत भिन्नता छ।

बाबुराम र उपेन्द्र हालका प्रधानमन्त्ती ओलीको विरुद्ध छन् र कुनै पनि हालतमा पार्टीलाई ओलीको समर्थनमा जान नदिने पक्षमा प्रयत्नरत छन् भने महन्त र राजेन्द्र आफ्ना चारबुँदे मागहरुमा ओलीले नै पूरा गर्ने तत्परता देखाएकोले ओलीलाई सशर्त समर्थन गर्नुपर्ने अडानमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *