भागरथी प्रकरणमा नयाँ ट्वीस्ट, आफू हत्यारा नभइ हत्याको साक्षी भएको आरोपी दिनेशको भनाइ

डिसी नेपाल
८ चैत २०७७ १७:४६

काठमाडौं। बैतडीकी किशोरी भागरथी हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । हत्या अभियोग लागेपछि अनुसन्धानका क्रममा पुर्पक्षका लागि सुधार गृहमा राखिएका आरोपी दिनेश भट्टले आफू हत्यारा नभइ हत्याको प्रत्यक्षदर्शी साक्षी भएको दावी गरेका छन् । दिनेशले आफूले धम्कीका कारण आरोप स्वीकार गरेको र आफू हत्यारा नभएको बताएको दिनेशका पिता दीपकराज भट्टले आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

दीपकराजका अनुसार दिनेशले आफूले घटना भइरहेको देखेको र यसबारे कसैलाई बताएमा आफूलाई र परिवारलाई समेत मारिदिने धम्की दिइएपछि यसबारे कसैलाई नबताएको बताएका छन् । दीपकराजका अनुसार दिनेशले घटनामा संलग्न २ जना भएको बताएका थिए । तीमध्ये एक जना गाउँपालिकाका कर्मचारी रहेको र अर्को एक जनालाई आफूले नचिनेको दिनेशले बताएको दीपकराजले बताए । दीपकराजका अनुसार दिनेशले कर्मचारीको नामै किटान गरेका छन् । तर, उनले पत्रकार सम्मेलनमा कर्मचारीको नाम खुलाएनन् । दीपकराजले आफूहरुको परिवार असुरक्षित रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *