चार लाख घुस लिएको अभियोगमा इञ्जिनीयरविरुद्ध मुद्दा

डिसी नेपाल
९ चैत २०७७ २२:१३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभाग डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विभिन्न निर्माण व्यवसायी एवं उपभोक्ता समितिसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । सिनियर डिभिजनल इञ्जिनीयर अधिकारी र सब–इञ्जिनीयर जीतबहादुर तामाङविरुद्ध समान बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *