जसपा कुनैपनि हालतमा फुट्दैनः मनिष सुमन

डिसी नेपाल
९ चैत २०७७ २३:१०

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता तथा २ नम्बर प्रदेशका सांसद मनिष सुमनले आफूहरुको हातमा सत्ताको साँचो आएको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हिजो हामीले प्रधानमन्त्री ओलीसँग भेट्न खोज्दा उहाँले भेट्न मान्नुभएको थिएन, तर आज उहाँ खासगरी फागुन २३ गतेपछि खोज्दै खोज्दै हामीकहाँ आउनुभयो । हिजो भेट्न खोज्दा उहाँले भेट्नभएन । फागुन २३ गतेदेखि आजसम्म उहाँसँग लगातार छलफल भैरहेको छ ।’

उनले सत्ताको साँचो आफूहरुको हातमा आयो भनेर दम्भका साथ अर्गेल्याँई नगरेको पनि जिकिर गरे । उनले भने,‘संविधान संशोधनमा थुप्रै मुद्दा छन् । मधेश आन्दोलन ताका मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । रेशम चौधरीलगायतको रिहाई हुनुपर्छ। झुठा मुद्दा फिर्ता लिनुपर्छ । जसपा कुर्सीको लागि गठन भएको होईन । हामीलाई कुनै लोभलालच छैन् ।’

उनले जसपा नेपाल कुनैपनि हालतमा नफुट्ने दाबी गरे । उनले भने,‘हामी फुट्नेवाला छैनौं । जसपा एक÷दुई÷तीन फुट्दैन् । जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुन्छ । लाल आयोगको प्रतिवेदन, मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको बाई ईज्जत फिर्ता र नागरिकतासम्बन्धी विद्येयक संशोधनलगायत माग पूरा भयो भने गुण र दोषको आधारमा समर्थन गर्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *