केही दिनभित्र नयाँ सरकार बन्छः अमनलाल मोदी

डिसी नेपाल
९ चैत २०७७ २३:१७

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद अमनलाल मोदीले अबको ८\१० दिनभित्र नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको पनि जनाए । यसको लागि आफूहरु छलफलमा रहेको उनको भनाई छ ।

उनले आफूहरुले सुरुदेखि नै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दिनदेखि नै विरोध गरेको स्मरण गराए । उनले भने,‘हामीले सरकारका विभिन्न गतिविधिबारे सुरुदेखि नै आवाज उठाउँदै आएका हौं । संसद विघटन गरिसकेपछि हामीले नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्छ भनेको हो । आन्दोलन गरेकै हो । नागरिक समाज\हामी सबै एक ठाउँमा उभियौं । प्रतिगमनविरुद्ध आन्दोलन गरेकै हो । संसद पूनःस्थापना भएपछि, नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा, अहिलेसम्म नदिएकोमा हामी छक्क परेका छौं । राजीनामा दिनुपर्ने हो । हाम्रो त प्रष्ट माग छ। संसदप्रति वितृष्णा भएको मान्छे हो । तर, राजीनामा दिनुभएन ।’

नेता मोदीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा राष्ट्रिय रुपमा निकास निकाल्नुपर्नेमा रहेको सुनाए । उनले प्रधानमन्त्री ओेली र मधेशवादी दलबीचको गठबन्धनको कुरा कोट्याउँदै आफूलाई शंका लागेको सुनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *