श्री स्टिलका महाप्रबन्धक अग्रवाल एमालेमा प्रवेश

डिसी नेपाल
१० चैत २०७७ १७:३८

काठमाडौं । उद्योगपति राजेशकुमार अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयेजित एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीले स्वागत पश्चात पार्टीमा अग्रवालबाट राम्रो भुमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे । भैरहवा निवासी ४९ वर्षिय अग्रवाल अर्गाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन् । लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत उनी हाल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि छन् ।

यसअघि कुनै राजनीतिक दलसँग आवद्ध नभएका उनले प्रधानमन्त्रीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेकाले पार्टी प्रवेश गरेको बताए। ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *