नेप्से झिनो अंकले बढ्यो
काठमाडौं। साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) सात अंकले बढेको छ।
मा कारोबार सुरु भएको तीन घण्टा सम्म आइपुग्दा ३९.६२ अंकले बढेको बजार अन्तिम समयमा आएर घटेको थियो। बुधबार नेप्से ७ दशमलव ६ अंकले बढेर २५ सय ७० दशमलव २५ अंकमा बन्द भएको छ।
कारोबारमा आएका कुल १३ उपसमुह मध्ये हाइड्रोपावर सेक्टर भने १४ दशमलव ५५ अंकले ओरालो लागेको छ। अरु सबै समूहका समूहहरुमा भने हरियाली छायको छ।
बुधबार कारोबारमा आएका २ सय ८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता सेयर ६ अर्ब ६७ करोड भन्दा बढीको कारोबार भयो।
कारोबारमा आएका उक्त कम्पनीमध्ये निफ्राले सर्वाधिक कारोबार गरेको छ । निफ्राले १५ लाख कारोबार भएको छ। सल्ट टे«डिङको मूल्य सबैभन्दा धेरै बढ्दा रेरिङ हाइडा«ेपावरको मूल्य सबैभन्दा धेरै घटेको छ।
Facebook Comment