ओली सरकार ढलाउन नखोजेपछि देउवालाई बाबुरामको झटारो
काठमाडौं। प्रधानमन्त्री केपी सरकार नेतृत्वको सरकार ढलाउन अग्रसर नभएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शाब्दिक झटारो हानेका छन् । उनले शेरबहादुर देउवा वा नेपाली कांग्रेसको नाम उल्लेख नगरी प्रतिपक्षी दल आफ्नो धर्म पूरा गर्न चुकेको आरोप लगाएका छन् । आफ्नै पार्टीका नेताहरुले सरकारमै जान सक्ने संकेत गरिरहेका बेला भट्टराईको यस्तो धारणा आएको हो ।
बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!
— Baburam Bhattarai (@brb1954) March 25, 2021
भट्टराईले ट्वीटरमा लेखेका छन् ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो । अहिले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है ।’
Facebook Comment