त्रिदेशीय कपः दुई खेलाडीको राष्ट्रिय टिममा डेब्यु, यस्तो छ सुरुवाती–११
काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल अन्तर्गत नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने खेलमा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ ।
किर्गिस्तानसँग खेल्ने नेपाली टिमको सुरुवाती–११ को घोषणा भएको छ । युवा खेलाडी सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
नेपालको सुरुवाती–११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, अविशेक रिजाल
प्रतिक्रिया
Facebook Comment