फेरि लुटिएछ हाम्रो महाकाली

डिसी नेपाल
१३ चैत २०७७ ६:५५

महामारीको भय र लकडाउन विश्राम तोड्दै चैत ६ गते शुक्रबार महाकाली पुगेँ। महाकाली नदीको पानी अचाउने र शिर लिपुलेक फिर्ताको पुकार गर्ने मनको एउटा इच्छा।

महाकाली नदीका पन्छी र जलचर हेर्ने, फोटो खिच्ने अर्को इच्छा। तर नदी नपुग्दै देख्नुपर्यो अकल्पनीय र अपत्यारिलो दृश्य। सपना थिएन, बिपना। बिपना मान्न मन पटक्कै तयार थिएन।

नेपालमा भारतीय सुरक्षा चेकपोष्ट

महाकाली नदीको वारि नेपाली भूभागमा एउटा सुन्दर गेट देखियो। त्यति वर त्यो गेट किन, कसरी, के प्रयोजनका लागि निर्माण गरियो? प्रयोजन र उपयोगिता शून्य थियो। तर पक्की सुन्दर गेट मातृभूमिमा फगत् खडा थियो र छ। त्यसपछि सुरु हुन्छन् भारतीय चेकपोस्टहरू।

भारतीय सीमा सुरक्षा बल बकाइदा कम्ब्याट ड्रेस लगाएर छड्के हतियार भिरेर खडा छन् नेपाली भूमिमा। इन्सास राइफलमा जडान गरेको ट्रान्सप्यारेन्ट म्यागजिनमा राउन्डहरू भरेको बाहिरबाटै देखिन्छ। त्यसपछि सडकमा ब्यारियर लगाइएको छ। कम्ब्याट ड्रेसका भारतीय हतियारधारीहरूले म्यान् गरिरहेको ब्यारिएर, ब्यारिएरपारि भन्सार गस्ती र राजस्व कार्यालय।

मैले टनकपुर सन्धीमा हस्ताक्षर गरेर रातभरि छटपट पैदा भई निदाउन नसकेका आफ्ना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फोटो स्मरण गरेँ। अनि भाग शान्ति खोज्ने आन्दोलनकारीहरूको स्मरण गरेँ। ट्रकमा रुपैयाँ लोड गरेर लगेको र आन्दोलन बन्द गरेर मिलिभगत सन्धि पास गरेको राष्ट्रघात स्मरण गरेँ।

पङ्क्तिकारलाई ती सबै पार गरेर आफ्नो नदी महाकाली पुग्न आधा घन्टा लाग्यो। मातृभूमि खुलेयाम कब्जाको त्यो शृङ्खला देखेर हातखुट्टा लुलो भयो। त्यहाँ तैनाथ हुनुपर्ने आफ्नो सीमा सुरक्षा बल (सशस्त्र प्रहरी) २/३ किलोमिटर टाढा वरै छाप्रामा लुते ढाड राखेर खुम्चिएर बसेको थियो।

मन नलागी नलागी म महाकाली पुल तरेँ। पुलको बीचमा फर्फराउने नेपाल–भारतका पुराना झन्डा खोजेँ। नामनिसाना देखिनँ। पुलमाथि कञ्जन पानीको ताल देखेर आनन्द लिएँ। तर पुलमुनि सुक्खा बगर देखेर पुनः खङ्ग्रङ्ग भएँ। वर्षाद्को बाढी थेग्न प्रतीक्षारत बडेमानको मरुभूमिजस्तो बगर।

शिर पुच्छर लुटिएको महाकालीसँग अनायास डर लाग्यो। महाकालीले एउटा सचेत नागरिक मलाई कतिसम्म सत्तोश्राप गरिरहेकी होलिन्। म निःशब्द भएँ। शिर उहिलेदेखि लुटिएकै थियो। महाकालीको पुच्छर खण्ड खण्ड गरेर लुटिएको देखेर रुन मन लाग्यो। जब पुलपारि गएर भारतीय भूमिमा टेकेँ, त्यहाँ झिलिमिली बत्ती थियो।

यसपटकको भ्रमणमा मेरो हृदय झन् रोयो। हामी राजधानी चुच्चे नक्सा बनाएको भनेर ठूला ठूला कुरा गरिरहेका छौं। तर, महाकालीमा? केही वर्षपछिमात्र म त्यहाँ पुगेको थिएँ यसपटक। यसपटक त भारतीय फौज हतियारसहित नेपाल नै आएर बसिसकेका रहेछन्। राष्ट्रियताका नाममा राजनीति गर्ने हाम्रा ठूला नेताहरुलाई यो कुराले कहीँ कतै छोएको रहेन छ। मिडियामा पनि यो कुरा कतै उल्लेख भएको पाएको छैन मैंले केही वर्ष यता। के हामी सबैले मिलेर नै भारतीय फौजलाई नेपाली भूमिमा बुट बजार्न दिएका हौं त?

पुल बनाउने ब्रिटिसकालीन छुकछुके सानो रेललाई सजाएर राखिएको थियो। त्यसको वरिपरि फुलको बगैँचा र सुन्दर पार्क निर्माण गरिएको थियो। विशाल महाकालीलाई माया, मान–सम्मान गरेर सुन्दर नहरमा हुलेर भारततर्फ लगिएको थियो। महाकाली सुसाउँदै सुवास छर्दै चुपचाप बगिरहेकी थिइन्।

उनै महाकालीको सानो कुलोलाई नेपालको महेन्द्रनगरतर्फ पठाइएको थियो। मर्मतसम्भार नपाएको, झार र फोहोरले बेरिएको नहर नामको कुलोबाट महाकाली लाजले घुम्टो हालेर कलकल बग्दै थिइन्। म लाजले अर्को एउटा मास्क थपेर स्वदेश फिर्ता भएँ। पुलको माथि झलमल टनकपुर बाँध नजर आयो।

मैले टनकपुर सन्धीमा हस्ताक्षर गरेर रातभरि छटपट पैदा भई निदाउन नसकेका आफ्ना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको फोटो स्मरण गरेँ। अनि भाग शान्ति खोज्ने आन्दोलनकारीहरूको स्मरण गरेँ। ट्रकमा रुपैयाँ लोड गरेर लगेको र आन्दोलन बन्द गरेर मिलिभगत सन्धि पास गरेको राष्ट्रघात स्मरण गरेँ।

पानीको भाग्य

पानी पनि भाग्यमानी र अभागी हुने। त्यही पानीले पारिपट्टि झिलिमिली उज्यालो हुने। वारिपट्टि निष्पट्ट अन्धकार। त्यही पानी पारि सुन्दर नहरबाट सुसाउँदै, गाउँदै, नाच्दै, बसाउँदै कलकल बग्ने। उही पानी वारि भास्सिएको, भत्किएको कुलोमा फोहोर छेड्न नसकेर निस्सासिने र हराउने। कस्तो विचित्र! एउटा पानीका दुई पृथक् रङ्ग, स्वाद, वासना र रूप!

पानीको उपयोगिता र शक्तिको महिमा जति गाए पनि अपुरो हुन्छ। तर त्यही पानीले खोलापारि र पुच्छरमा अन्धकार देख्नुपर्ने। उही पानीले खोलापारि उज्यालो क्रान्ति,  कृषि क्रान्ति, हरित क्रान्ति, सुखशान्ति र समृद्धि दिने। त्यही पानी कतै भाग्यमानी, कतै अभागी। मैले प्रार्थना गरेँ–मुलुकमा जल संरक्षण र सदुपयोग गर्ने राजनेताको उदय होस्।

जलको सम्मान र पूजा गर्ने प्रकृतिप्रेमी सरकार मातृभूमिले पाओस्। पहिलाजस्तै जल, नदी र हिमालको कौडीको भाउमा बिक्री वितरण नहोस्। मातृभूमिलाई नलुटाइयोस्।

कसरी दिनदहाडै अतिक्रमण र कब्जा भयो, जुन १० वर्ष अगाडि थिएन। सरकार होस् वा विपक्षी, महाकालीमा पाइला हाल्ने नैतिक अधिकार कसैलाई छैन। महाकाली सन्धिमा देश विरुद्ध गरेको पापकर्मको प्रतिफल हाम्रो त्यहाँको भूमि त्यसयता मिचिँदो छ, पराइका हातमा पर्दोछ। यो पापले हाम्रा नेताहरुलाई कहिले पोल्ला कुन्नि?

यसपटकको भ्रमणमा मेरो हृदय झन् रोयो। हामी राजधानी चुच्चे नक्सा बनाएको भनेर ठूला ठूला कुरा गरिरहेका छौं। तर, महाकालीमा? केही वर्षपछिमात्र म त्यहाँ पुगेको थिएँ यसपटक। यसपटक त भारतीय फौज हतियारसहित नेपाल नै आएर बसिसकेका रहेछन्।

राष्ट्रियताका नाममा राजनीति गर्ने हाम्रा ठूला नेताहरुलाई यो कुराले कहीँ कतै छोएको रहेन छ। मिडियामा पनि यो कुरा कतै उल्लेख भएको पाएको छैन मैंले केही वर्ष यता। के हामी सबैले मिलेर नै भारतीय फौजलाई नेपाली भूमिमा बुट बजार्न दिएका हौं त?

टनकपुर सन्धिअगाडिको हाम्रो महाकालीलाई सम्झना गरेँ। दार्चुला हुँदै शिरसम्म गरेको कठिन यात्राको स्मरण गरेँ। १० वर्ष अगाडिको महाकालीवारिको जङ्गल आज छैन। जङ्गे पिलरहरू कि राति भित्रभित्र सरेका छन् कि गायब छन्। नो म्यान्स् ल्यान्डमा जो ठूलो उसको एकछत्र भोगचलन छ।

एक दशक भनेको ज्यादै छोटो समय हो। तर एक सय वर्षलाई जित्ने अतिक्रमण र कब्जाको चेपुवामा परेको छ मुलुक। यो ठाउँ दूरदराज र कुना  कन्दरामा पनि छैन। हजारौँ स्वदेशी विदेशी यात्रुहरू ओहोरदोहोर गर्ने ठाउँ। सञ्चारकर्मीहरू र धनाढ्यहरुको दिल्ली, देहरादून, नैनीताल जाने आउने मुख्य एकछत्र नाका।

नेपाली भूमिमा निर्मित भारतीय गेट।

विद्यार्थीहरूको स्कुल जाने आउने बाटो। सन्त महात्माहरूको हरिद्वार, ऋषिकेश, केदारनाथ आउजाउ गर्ने बाटो। आफ्नो राष्ट्रिय निकुञ्ज जाने फर्कने नाका। कसरी दिनदहाडै अतिक्रमण र कब्जा भयो, जुन १० वर्ष अगाडि थिएन। सरकार होस् वा विपक्षी, महाकालीमा पाइला हाल्ने नैतिक अधिकार कसैलाई छैन।

महाकाली सन्धिमा देश विरुद्ध गरेको पापकर्मको प्रतिफल हाम्रो त्यहाँको भूमि त्यसयता मिचिँदो छ, पराइका हातमा पर्दोछ। यो पापले हाम्रा नेताहरुलाई कहिले पोल्ला कुन्नि? मुलुकलाई सङ्घीयता वरदान हो कि विकृति छिटो निक्र्यौल गर्न जरुरी छ। किनभने सङ्घीयताले केन्द्रको आँखामा पट्टि बाँधिदिएको छ।

र, मुलुकमा चौतर्फी खुलेयाम अतिक्रमण र कब्जा बढ्दो छ। नक्सा, नापी, जग्गा, खुम्चिँदो र घट्दो छ। बाह्य हस्तक्षेप वडा वडा र घरघरसम्म पुगिसकेको छ। राष्ट्रिय स्वाभिमान र अस्मिता तीव्र रूपमा लुटिँदो छ। भ्रष्टाचार मौलाएर त्यसको जरा दूर दराजका अन्तरकुन्तरमा पुगिसकेको छ। राष्ट्रिय इन्टिलिजेन्स मरेको छ।

र, विदेशी इन्टेलिजेन्सको सञ्जालले सबैलाई गलपासो लगाइदिएको छ। राष्ट्रिय भूमिमाथि लुटतन्त्र हावी भएको छ। प्राकृतिक स्रोतसाधनको दोहन र विनाशलाई सङ्घीयता बरदान भएको छ। यो तीव्र विनासले मुलुकको भविष्य र अस्तित्व सङ्कटमा परेको स्पष्ट सन्देश दिन्छ।

पुच्छरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज होस् अथवा शिरमा अपिनाम्पा संरक्षण क्षेत्र, गहिरो शोक र पीडामा डुबेका छन्। चाँदनी दोधराको पीडा बयान गरिनक्सनु छ। गुञ्जी कुटी नाबी लिम्पियाधुरा फिर्ता गर्न अर्को पृथ्वीनारायण शाह अथवा जङ्गबहादुर जन्मनुपर्दछ। मकाहाली पुलको दर्दनाक कथा वर्णन गरिहालेँ। टनकपुर पीडाले सबैलाई धुरुधुरु रुवाउँछ।

माटोको टीका लाउन मन लाग्यो, सीमाना र माटो दुवै गायब। जङ्गे पिलरलाई ढोग्न मन लाग्यो, त्यो पनि गायब। मेरो थकाइ, भोक, निद्रा गायब भयो। आज एक हप्ता भइसक्यो, ती सबै गायब छन्।

सुन्दर सुदूरपश्चिमको हीरामोती जवाहरात दिनानुदिन लुटिइरहेको छ। र, विडम्बना हाम्रो स्थानीयदेखि प्रदेश हुँदै केन्द्रीय सरकार टुलुटुलु हेरेर बसेको छ। यो सबै यसपटक देख्दा महाकाली सन्धिको त्यो कालो इतिहासलाई धिक्कार भन्न मन लागेको छ! र त्यसयता पनि मुलुकलाई जोगाउन नसक्ने वर्तमानलाई झन् धेरै धेरै धिक्कार!

भोक–निद्रा गायब

रात परिसकेको थियो। लामो सडक यात्राले चौपट्टै थकाइ, भोक र निद्रा लागेको थियो। तर पनि मातृभूमिको पश्चिम सीमानामा पुगेर आफ्नो नदीको जल अचाउन मन लाग्यो, जल गायब। माटोको टीका लाउन मन लाग्यो, सीमाना र माटो दुवै गायब। जङ्गे पिलरलाई ढोग्न मन लाग्यो, त्यो पनि गायब। मेरो थकाइ, भोक, निद्रा गायब भयो। आज एक हप्ता भइसक्यो, ती सबै गायब छन्।

अन्त्यमा, मुलुकको सार्वभौमिकता, भूअखण्डता, अस्मिता र स्वाभिमानको रक्षा अब कोरा सिद्धान्तमा मात्र बाँकी छ। व्यवहारमा त्यो सबै तीव्र स्खलन भइसकेको छ। वनबासा भ्रमण गरेर यो अमिलो र तीतो सत्य स्वअनुभूत गरौँ। दह्रो साहसका साथ दृढ अठोट गरौँ।

सार्वभौमिकता र भूअखण्डता रक्षाका लागि राष्ट्रिय एकता कायम गरी एकपटक लड्ने बेला आएको छ। पहिलो चरणको लडाइँ कुटनीतिक च्यानलबाट लडौँ। कसैको १ सेन्टिमिटर जमिन र १ चिम्टी माटो नलिऊँ। तर, आफ्नो पनि नछाडौँ।
यही दृढ विश्वास र अठोट लिएर म पुलपारिबाट अमिलो पीरो अनुहार लाएर फिर्ता भएको छु।

(लेखक संरक्षणविद् हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *