संसदीय दलको नेता बिहीन जसपा
![संसदीय दलको नेता बिहीन जसपा](https://www.dcnepal.com/wp-content/uploads/2020/06/Jasapa-.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच आकांक्षा बढ्दा संसदीय दलको नेता चयन हुन सकेको छैन। नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले संसदीय दलको नेताका लागि आकांक्षा व्यक्त गरेका हुन्।
पार्टीभित्र सहमति नभएपछि नेता चयन हुन सकेको छैन। तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर बनेको जसपाको १ वर्ष हुँदा पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन।
तत्कालीन समाजवादी पार्टीका तर्फबाट संसदीय दलको नेता उपेन्द्र यादव र प्रमुख सचेतक उमाशंकर अरगरैया छन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदीय दलको नेता महन्थ ठाकुर र प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् ।
एउटै संसदीय दल बनाउन जसपाका शीर्ष नेता केही दिनदेखि गृहकार्यमा रहेपनि एकीकरण भए पनि अलगअलग प्रमुख सचेतक छन्। सिंहदरवारभित्र दलका अलगअलग कार्यालय छन्। आजकाे नागरिकमा खबर छ।
Facebook Comment