एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी, माधव र भीम रावल गएनन्

डिसी नेपाल
१३ चैत २०७७ १६:२४

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्तीको सरकारी निवास बालुवाटारमा जारी छ। एमालेमा चर्किएको आन्तरिक विवादकाबीच शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका थिए।

ओलीले बोलाएको बैठकमा अनुपस्थित हुँदै आएको माधव समूह पहिलो पटक शुक्रबारको बैठकमा सहभागी भएको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल भने उपस्थित भएनन्। तर, अर्का वरिष्ठ नेता झलनाथ खनाललगायत सो समूहका अन्या सांसदहरु भने बैठकमा उपस्थित भएका छन्।

वरिष्ठ नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधिएको थियो। उनीहरु स्पष्टीकरणको जवाफ त दिए तर उल्टै अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग पनि प्रशन गरेका छन्। शुक्रबारको बैठकमा सहभागी हुनुअघि माधव समूहको केन्द्रीय कमिटी सदस्यहरुको बैठक बसेको थियो। सो बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *