पार्टी एकतालाई ध्यान दिनुपर्छः वरिष्ठ नेता खनाल

डिसी नेपाल
१३ चैत २०७७ २३:०८

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले दहैसम्म लचिलो भएर पार्टी एकतालाई ध्यान दिनुपर्ने बताएका छन्।

झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको शुक्रबार आयोजित भेलालाई सम्बोधन गर्दै उनले एकतालाई आफूहरुले जोड दिएपनि वर्तमान अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।

उनले सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलादेखि अहिलेसम्म एकताका लागि कुनै पनि प्रयास नगरेको र वातावरणसमेत नबनाएको बताए ।

एमालेका नेता माधवकुमार नेपालले एकताका लागि कुनै कसुर बाँकी नराखी पहल भइरहेको जानकारी दिए ।

उनले अदालतको गरेको फैसला स्र्वीकार गरेर अघि बढिरहेको र पार्टीको अहिलेसम्मको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर पार्टीलाई अगाडि बढाउनुपर्नेमा बताए ।

भेलाका सहभागीले भोली आआफ्नो धारणा राख्ने कार्यसूची रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *