पहिलो डोजमा जुन, दोस्रो डोजमा त्यही – प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो डोजमा लगाएको कम्पनीको कोरोना विरुद्धको खोप नै दोस्रो डोजमा लगाइने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताएका हुन्।
कार्यक्रमा बोल्दै उनले केही व्यक्तिबाट दोस्रो डोज फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल भइरहेको बताए। प्रधानमन्त्री ओलीले यस्ता अनावश्यक हल्लाको पछि नलाग्न आग्रह समेत गरे। उनले भनेर्, विभिन्न माध्यमहरुमा अनाआवश्यक ढंगले टिका टिप्पणीहरु हुन थालेको छन्। सरकारले दुईवटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ।’
यस्तै प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चिनले नेपाललाई आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप प्रदान गरेकामो धन्यवाद दिए। खोप हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चिनबीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान पुर्याउने विश्वास व्यक्त गरे। हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारले खोप खरिदका लागि तयारी गरिरहेको बताए।
यस्तै कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत हउ यान्छीले खोप हस्तान्तरण चिनियाँ राष्ट्रपति सि सिन पिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताएकी थिइन्।
Facebook Comment