थारु कल्याणकारीसभासँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

डिसी नेपाल
१६ चैत २०७७ १५:२८

काठमाडौं। सरकारले रेमश चौधरीलगायत बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत थारु कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएका हुन्। वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन्।

थरुहट आन्दोलनले रेशम चौधरीको रिहाइलगायतका विभिन्न १९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको छ। केही दिनअघि गृहमन्त्री थापा माइतीघर मण्डला पुगेर सरकारले वार्तामार्फत नै थरुहट आन्दोलनकारीको माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *