विद्यार्थी नेता भन्छन् : स्ववियू निर्वाचन अहिलेको आवश्यकता

डिसी नेपाल
१७ चैत २०७७ ७:५६

कठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले स्ववियु निर्वाचनसहित शैक्षिक क्षेत्रको सुधारको माग राखी ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियू निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैतमा सहमति भएको थियो।

उक्त सहमतिको सबै विद्यार्थी संगठनहरुले स्वागत गरेका छन्। नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति र त्रिविले आगामी जेठ ३० गते स्ववियू निर्वाचन गर्न सहमति भएको छ।

२०६५ सालमा भएको स्ववियू निर्वाचन यता सबै क्याम्पसमा हुन सकेको छैन। त्यसपछि २०७३ सालमा त्रिविका आंगिक क्याम्पसमध्ये ३० प्रतिशतमा मात्र स्ववियू चुनाव सम्पन्न भएको छ।

केही क्याम्पसमा चुनाव भए पनि करिब १२ वर्षदेखि अधिकांश क्याम्पसमा चुनाव हुन सकेको छैन। देशको बदलिँदो राजनीति परिस्थतिले जेठ ३० मा तोकिएको निर्वाचन सम्पन्न हुन पनि चुनौती नै देखिन्छ। तर मुलधारका सबै विद्यार्थी नेता निर्वाचनको पक्षमा देखिएका छन्।

के भन्छन् त विद्यार्थी नेता?

सत्तारुढ नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समुह अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले त्रिविले स्ववियू चुनाव गराउने विषय स्वागतयोग्य भएको बताए। ‘त्रिविको लाचारिपनले आवधिक स्ववियू निर्वाचन हुन नसक्नु विडम्वनाको कुरा हो। यदि इच्छा शक्ति तीब्र हुने हो भने हामीसँग प्रयाप्त समय छ, निर्वाचन गर्न सकिन्छ,’ उनले भने।

उनले राजाको प्रत्यक्ष शासनकालकालमा पनि स्ववियू निर्वाचन भएको इतिहास रहेको भन्दै तर संघीय लोकतान्त्रिक व्यवस्थामा त्रिविले उदासिनता देखाउनुले अझै पनि निर्वाचन हुने कुरा शंका रहेको बताए। ‘यद्यपि स्ववियू निर्वाचन गराउँछु भन्ने कुरा सकारात्मक छ। निर्वाचन हुनुपर्छ यसका लागि अनेरास्वियुले सकारात्मक भूमिका खेल्छ,’ उनले भने।

नेपाली काँग्रेसको भातृसंस्था नेविसंघका महामन्त्री दीपक भट्टराईले स्ववियु हुने कुरा स्वागत योग्य भएको बताए। उनले भने, ‘स्ववियू निर्वाचन भनेको विद्यार्थीहरुको हकहितका लागि हो। विद्यार्थीहरुको ठूलो त्याग तपस्याबाट बनाइएको यो प्रणाली त्रिविको मौनताले लामो समयसम्म हुन सकेन। विद्यार्थी नेतृत्व र स्ववियू निर्वाचन भनेको भोलिको देशको नेतृत्व उत्पादन हुने थलो हो। यस हिसावले नेविसंघ सधै निर्वाचनको पक्षमा छ।’

नेकपा माओवादी केन्द्रका भातृसंस्था अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ त्रिविले स्ववियू निर्वाचन गराउने सहमति स्वागतयोग्य भएको बताउँछन्। उनले भने, ‘स्ववियू निर्वाचन कुनै पनि हालतमा गर्नुपर्छ। स्ववियू निर्वाचन त्रिवि नेविसंघसँग गरेको सहमतिको आधारमा मात्र हैन, त्रिविको अनिवार्य जिम्मेवारी हो। त्यसैले निर्वाचन तोकिएको मितिमा हुनुपर्छ। त्रिविले गराउने स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न अनेरास्ववियू क्रान्तिकारी आतुर छ। यसका लागि त्रिविले सहज वातावरण बनाउनुपर्छ। हामी हाम्रो ठाउँबाट सहज वातावरणको पहल गर्ने छौँ।’

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली भन्छन्, ‘मुलुभूत रुपमा भन्ने हो भने स्वतन्त्र विद्यार्थी युुनियन राजनीतिक जगमा उभिएर हिजोको राजतन्त्र व्यवस्था विरोधी आन्दोलन गर्न निर्माण भएको हो। शासन प्रणालीमा जनताको अधिकार कालोकोठामा राख्ने शासक विरुद्ध आन्दोलन गर्न महत्वपूर्ण भूमीका खेलेको विद्यार्थी युनियनले नै हो। आज संघीय लोकतान्त्रिक व्यवस्थामा ल्याउन पनि देशभरका स्ववियू नेतृत्वले क्याम्पसमा राम्रो जनमत बनाएर यो व्यवस्था ल्याएका हौँ।’

उनले स्ववियू निर्वाचन नहुँदा शैक्षिक माफियाहरुको बिगबिगी भएको जिकिर गरे। ‘शैक्षिक भ्रष्टचारहरु मौलाएको छ। शिक्षा क्षेत्रमा निजीकरण गर्नेहरुको अत्यन्तै ठूलो सन्जाल बनको छ। यसका लागि पनि स्ववियू निर्वाचन आवश्यक छ।’

नेविसंघ महामन्त्री दीपक भट्टराई भन्छन्, ‘यति लामो समयसम्म निर्वाचन नहुनाले विद्यार्थीहरुको अधिकार कुण्ठित भएको छ। स्ववियु निर्वाचन नभएकाले विद्यार्थीहरुले आफ्नो नेता पनि पाएका छैनन् र भोलिको देशको सक्षम नेता पाउन पनि गाह्रो भएको छ। त्रिवि प्रशासन पनि स्वेच्छाचारी तरिकाले चलेको छ। विद्यार्थी नेतृत्व भनेको सरकारको कदम बिरुद्ध सधैं सरकारलाई जवाफदेही बनाउने हो निर्वाचन नहुँदा यो कुराको पनि प्रत्यक्ष असर परेको छ।’

अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ पनि स्ववियु निर्वाचन नहुँदा शैक्षिक बिचौलियाको हावी भएको बताउँछन्। निर्वाचन नहुँदा कोभिडको बेला धेरै विद्यार्थीहरु अन्योलमा थिए। अनलाइन कक्षा कसरी सन्चालन गर्ने, परीक्षा नतिजादेखि लिएर नयाँ भर्ना शुल्क गर्ने विषयमा विद्यार्थीको शैक्षिक अन्योलताको हल गर्न समेत अफ्ठेरो परेको परिस्थिति थियो। यो सबै कुराहरु गर्नका लागि स्ववियुले समन्वय भूमीका खेल्न्थ्यिो। तर यो हुन केन त्यसका लागि पनि अहिले स्ववियू अपरिहार्य बनेको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *