उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट डिसीनेपालका सहसम्पादक कोइराला सम्मानित
काठमाडौं । डिसी नेपाल डटकमका सहसम्पादक मदन कोइराला उत्कृष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कोइराला सम्मानित भएका हुन्।
वार्षिकोत्सवको अवसरमा नगद २० हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको हो। नेपाली पत्रकारिता क्षेत्रमा कविव डेढ दशक लामो अनुभव भएका कोइराला विगत ४ वर्षदेखि डिसी नेपालको सहसम्पादक भएका काम गरिरहेका छन्।
क्षमतावान र परिश्रमी पत्रकारका रुपमा परिचित कोइरालाले छापा र अनलाइन मिडियामा समेत लामो अनुभव बटुलेका छन्। नेपालको पत्रकारितामा पु¥याएको अतुलनीय योगदानको उच्च कदर स्वरुप रिपोर्टर्स क्लबले कोइरालालाई सम्मानित गरेको हो।
युवा अवस्थामै आफूलाई उतृष्ट पत्रकारको रुपमा परिचित कोइरालाले हिमालय टाइम्स, नागरिक दैनिक अनलाइन लगायतका संञ्चार माध्यामहरुमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्।
यस्तै, युवा पत्रकारिता पुरस्कारबाट राससका उपसम्पादक एवम् अनलाइन टेलिभिजन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, दामन पोस्ट साप्ताहिकका सम्पादक शान्तराम बिडाँरी, योहो टेलिभिजनका वरिष्ठ कार्यक्रम प्रस्तोता रोहन श्रेष्ठ, प्राइम टाइम टेलिभिजनका सहसम्पादक दीपक अर्याल, नेपाल पुकार टेलिभिजनका सम्पादक प्रकाशचन्द्र दाहाल, न्यूज एजेन्सी नेपालका क्यामरा पर्सन देवानन्द शिल्पकार, सरोकार टेलिभिजनका क्यामेराम्यान दुर्लभ थापा, डेमोक्रेसी साप्ताहिकका सम्पादक गणेश खड्कालगायत सम्मानित सम्मानित भएका छन्। सबैलाई जनही २० हजार नगद र ताम्रपत्रबाट सम्मान गरिएको छ।
सो अवसरमा १ एक लाख रुपैयाँ राशिको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ उज्यालो मल्टिमिडियाका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंलाई प्रदान गरियो । यस्तै रु ५० हजार राशिको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई प्रदान गरियो।
‘तारणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुररुस्कार’ संयुक्त रुपमा रेडियो नेपालका पत्रकार डा नवराज लम्साल र नेपाल टेलिभिजनका पत्रकार शालिक सुवेदीलाई प्रदान गरियो । सो पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ।
त्यस्तै २५ हजार राशिको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’बाट ताजा खबर साप्ताहिकका सम्पादक इश्वरीप्रसाद वाग्ले, ‘सहिद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी, ‘उमासिंह स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार विनु सुवेदी, ‘बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार’बाट रिपोटर्स नेपालका फोटो पत्रकार मुकुन्द कालिकोटे सम्मानति भएका छन्।
Facebook Comment