देउवासँग एक घण्टा छलफलपछि बाबुरामलाई भेट्न टोखा पुगे प्रचण्ड

डिसी नेपाल
१७ चैत २०७७ १७:३२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपा नेता बाबुराम भट्टराई भेट्न टोखास्थित उनकै निवासमा पुगेका छन् ।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग करिब एक घण्टा छलफल गरेपछि बाबुरामलाई भेट्न टोखा पुगेका हुन् । देउवा निवास बूढानीलकण्ठमा देउवा र प्रचण्डबीच तीन बजेदेखि चार बजेसम्म छलफल भएको छ । देउवासँगको छलफलपछि प्रचण्ड र बाबुरामबीच छलफल गरेका छन् ।

गत फागनु २३ गतेको एमाले-माओवादी ब्युँताउने सर्वोच्चको फैसला पुनरावलोकन गराउन निवेदनसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गराएका प्रचण्डले राजनीतिक भेटघाट बढाएका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेल अध्यक्ष भएको नेकपालाई मान्यता दिएको थियो भने, एमाले र माओवादीको एकीकरण बदर गर्ने फैसला गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *