नेता मानन्धरको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

डिसी नेपाल
१७ चैत २०७७ १९:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपतिले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेकी छन् । नेता मानन्धरको सोमबार साँझ निधन भएको हो ।

यसैबीच वामपन्थी नेता मानन्धरको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गद नेता मानन्धरको शवमाथि पार्टीको झण्डा ओढाए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गणेश साहलगायतले अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *