महाेत्तरीबाट बेपत्ता भएका बालिका र किशाेरी भारतमा भेटिए

डिसी नेपाल
१८ चैत २०७७ ११:२९

काठमाडौं । घाँस काट्न गएको बेला बेपत्ता भएका बालिका र किशोरी भारतमा भेटिएका छन्। प्रदेश नं. २ का प्रहरी प्रमुख डिआईजीपी धिरज सिंहले उनीहरु भारतको सीतामढीमा भेटिएको डिसी नेपाललाई जानकारी दिए।

‘भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई भारतको सीतामढीमा भेटाइएको छ।’ प्रहरी प्रमुख सिंहले भने, ‘नेपाल प्रहरीले उनीहरुलाई नेपाल ल्याउने काम गरिरहेको छ। नेपाल आएपछि कसरी गएका थिए। कसले लग्यो जस्ता विषयमा अध्ययन हुन्छ।’

नेपाल प्रहरीको अथक प्रयासबाट उनीहरुलाई फेला पार्न सफल भएको डिआईजीपी सिंहले बताए। सिंहका अनुसार भारतीय प्रहरीको पनि सहयोगमा नेपाल प्रहरीले उनीहरुलाई फेला पारेको हो।

घाँस काटन गएकी ७ * जना बालिका र किशोली सम्पर्क विहीन भएका थिए। मंगलबार साँझ खेतमा घाँसकाटन गएका उनीहरु सम्पर्क विहीन भएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजीपी धिरजप्रताप सिंहजे जानकारी दिए।

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवानलगायत बेपत्ता भएका छन्।

*यसअघि समाचारमा ७ जना बालिका र किशोरी सम्पर्क विहीन हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित भूलसुधार गरिएको छ -सम्पादक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *