थप १ सय ५२ जनामा कोरोना, सक्रिय संक्रमित १५ सय ७९

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ७५ हजार ५४० जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment