दैनिक २० किलो सुन आयात गर्न सकिने

डिसी नेपाल
१९ चैत २०७७ २३:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घलगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए । सोही मागअनुसार नै सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *