सिंगटी हाइड्रोको आइपीयो शुक्रबार बाँडफाँड हुने

डिसी नेपाल
२० चैत २०७७ १६:०९

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेको सर्वसाधारणमा जारी गरेको (आईपीओ) आउँदो शुक्रबार बाँडफाँड हुने भएको छ।

आउँदो मंगलबार प्रि अलोटमेन्ट गरेर शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।
कम्पनीको आईपीओमा १६ लाख २६ हजार ९ सय आवेदकले आवेदन दिएका छन्।

सिंगटी हाइड्रोले सर्वसाधारणको लागि निष्कासन गरेको २६ लाख ९७ हजार कित्ता आईपीओ गोलाप्रथाबाट १० कित्ताको दरले भाग लगाउँदा २ लाख ६९ हजार ७ सय आवेदकले सेयर पाउनेछन्। बाँकी रहेका साढे १३ लाखभन्दा बढीले भने सेयर पाउने छैनन्।

कम्पनीले चैत ६ गतेदेखि प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *