काकाकुल शहरमा मेलम्चीकाे पानी, नयाँ युगमा काठमाडौं
काठमाडौं। देशको राजधानी र जनघनत्व बढी भएका कारण काकाकुलको शहर नाम पाएको काठमाडौं उत्पत्यकामा मेलम्चीको पानीले प्यास मेट्ने प्रयास गरेको छ।
शुक्रबार राजधानीको भृकुटीमण्डपस्थित ढुङ्गेधारामा पानी आयो। राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीबासीका घरघरमा मेलम्चीको पानी आएको सन्देश दिइन्।
दैनिक साढे ८ करोड लिटर पानी काठमाडौंमा झारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अपेक्षा १७ करोड लिटर पुर्याउने छ। आज पनि उनले देशभरका सडकसञ्जालहरुको उद्घाटन गर्ने क्रममा काठमाडौंमा पानी अझै थपिने उद्घोष गरे।
मुलुकमा व्यवस्था नै परिवर्तन भयो। सत्ता र सरकार परिवर्तनको हिसाब गर्न अहिले नभ्याइएला। समय बित्दै गयो विभिन्न बाधा अवरोध आयो तर, मेलम्ची खानेपानी आयोजना निरन्तर अघि बढिरह्यो। फलस्वरुप लामो समयको प्रतिक्षापछि अन्ततः आयोजना सफल भयो, काठमाडौंले तृप्ति पायो।
तीन दशक अघि नेपाली कांग्रेसका सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले परिकल्पना गरेको मेलम्चीको पानी काठमाडौंबासीका धारामा आएको छ। एउटा दूरदर्शी नेताको सपनाले सार्थकता पाएको छ भने काठमाडौंले पानी पाएको छ। यो ऐतिहासिक उपलब्धीको साँक्षी हाम्रै पुस्ता भयो ।
मेलम्चीको अवधारणा धेरै अगाडी बनेपनि २०६७ सालबाट काम सुरु गरिएको मेलम्चीको पानी ल्याउने योजनाले यही वर्षमा सफलता पाएको छ। २०७७ सालको फागुन १० गते सफलतापूर्वक परीक्षण गरिएको आयोजनाको पानी काठमाडौंमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरीजलसम्म पुगेर स्वागत गरेका थिए।
चैत १३ गते पानी प्रशोधन प्लान्टमा प्रवाह गरि विडिएस वितरण प्रणालीलाई सफाई गरेपछि चैत १५ गतेदेखि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपभोग र पिउन मिल्नेगरि काठमाडौंको केही भागमा पानी आएको छ।
पानी आएसँगै उपत्यका बासीको लामो समयको प्रतिक्षा अन्त्य भएको छ। जलस्रोतको धनी देश भएपनि पानी जस्तो जीवनको अनिवार्य आवश्यक्ता काठमाडौं बासीको लागी सहज उपलब्ध थिएन।
काठमाडौं महानगरपालीका वडा नम्वर १० का स्थानीय बासिन्दा लालकृष्ण श्रेष्ठ पानी आएपछि एकदमै हर्षीत भएको बताउछन्। उनी भन्छन्- पहिले काठमाडौंमा प्रसस्त पानीको स्रोतहरु थिए अहिले बढ्दो जनसंख्याबृद्धी र अव्यवस्थित शहरीकरणले सबै पानीका मुहान सुकेको छ। यहाँको बासिन्दालाई सबैभन्दा कष्टकर जीवन पानीको अभावले बनाएको थियो यो ठुलो आवश्यकक्ता अब अन्त्य हुने भो, यो आयोजनाको सबै पक्षलाई धन्यवाद दिन्छु।
सुनसरी स्थायी घर भएका हाल कीर्तिपुर बसोवास गर्दै आएका विद्यार्थी निराजन लम्साल पनि पानी आएकोमा हर्षीत भएको बताउँछन्। उनी भन्छन्, ‘कोठामा बस्नका लागि काठमाडौंमा सबै भन्दा प्रमुख समस्या भनेको पानी हो। पानी नहुँदा सरसफाई गर्न समेत असहज भएको थियो। सिमीत पानीले चल्नु पर्ने प्रथा हट्न लाग्ला खुसि व्यक्त छु लम्सालले भने।’
Facebook Comment