खनाल-नेपाल समूहद्वारा ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

डिसी नेपाल
२१ चैत २०७७ १७:४६

काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले एमाले पुनर्गठनको दुईमहिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’को घोषणा गरेको छ ।

शनिबार बसेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा दुईमहिने अभियानमा एमाले पुनर्गठनदेखि घरदैलोसम्मका कार्यक्रमहरु हुने निर्णय भएकाे स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।

सुरुवातामा पार्टीका प्रदेश, जिल्ला, गाउँ, नगर, वडा कमिटी गठन, पुनर्गठन हुनेछ । सबै संगठन पुनर्गठन भएपछि प्रशिक्षण कार्यक्रमहरु सञ्चालन हुने उनले बताए ।

बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *