नयाँ गठबन्धन बनाउन गृहकार्य
काठमाडौं। प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अपौचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरुबीच संवाद पनि सुरु भएको छ ।
कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरुसँग संवाद थालेका हुन् ।
दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरुसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ।
काठमाडौंबाहिर रहेका दाहाल कांग्रेस नेताहरुसँग संवादका लागि भन्दै हतारहतार काठमाडौं आएका थिए। ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठनबारे बैठक गर्नुछ, त्यसका लागि फर्कनुपर्नेछ, देशको राजनीतिले कोल्टे फेरेको छ, नयाँ परिस्थिति बन्नेछ, त्यही कामका निम्ति म छिटो जानुपरेको हो, कपिलवस्तुमा दाहालले भनेका थिए ।कान्तिपुर दैनिकबाट
Facebook Comment