गोकुल बास्कोटाको प्रश्न : ‘आखिर राजनीतिक दल के चाहन्छन् ?’

डिसी नेपाल
२३ चैत २०७७ १४:०९

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपालका राजनीतिकदल आखिरमा के चाहन्छन् भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसदसमेत रहेका बास्कोटाले यो देशमा राजनीतिक पार्टीले के चाहिरहेका छन् भन्दै प्रश्न गरेका हुन्।

‘मेलम्चीको पानी धारामा आएर जनताले टुटी खोलेर खान थालिसके, केही काम भएको छैन भन्नुहुन्छ,’ बास्कोटाले भने, ‘विकास भएको हेर्न नचाहने, काम गर्न नदिने। सरकारले केही पनि गर्न सकेन भन्ने आखिर नेपालका राजनीतिकदलले के चाहिरहेका छन्।’

बास्कोटाले सरकारलाई दिएको समर्थन फिर्ता लिन चुनौती दिएका छन्। उनले भने, ‘हिजो एमाललेलाई कसले समर्थन गरेको हो। फिर्ता लिनुहोस्। बन्दी बनाएर जान सकिँदैन। बाटो खुल्छ। आफू समर्थन फिर्ता पनि लिन नसक्ने बाटो खुलाउ पनि भन्ने यो कस्तो खालको माग हो।’

यो देशमा यस्ता प्रतिगमन बारम्बार भइरहने पनि बास्कोटाले बताए। उनले भने, ‘जनताको बीचमा जाने कुरा प्रतिगमन हो। विकास गर्नु प्रतिगमन हो भने यस्ता प्रतिगमन देशमा बारम्बार भइरहने छन्। तर, राजतन्त्रमा शाही साम्यवादको वार्ता गर्ने कस्तो अग्रगमन हो।’

उनले जनताकोबीचमा गएर चुनावमा होमिनु प्रतिगमन हुन्छ भने अर्को बहसको सुरूवात गर्न समेत आग्रह गरेका छन्। उनले भने, ‘निर्वाचन फोविया भएका साथिहरुले चाहेको कस्तो लोकतन्त्र हो अर्को बहस गरौं। कम्र्फटेबलका लागि हो भने भन्नु केही छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *