प्रधानमन्त्री ओलीको बर्हिगमन मुख्य आवश्यकता : डा. संग्रौला

डिसी नेपाल
२३ चैत २०७७ १४:५७

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला लामो संघर्ष र बलिदान पछि प्राप्त लोकतान्त्रिक पद्धतिको अवमूल्यन, संविधान माथि प्रहार र जनविरोधी क्रियाकलाप प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्तासिन भएदेखिनै गरेको आरोप लगाएकी छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै संग्रौलाले वर्तमान सरकार अकर्मण्य, अपारदर्शी, असंवेदनशील र सत्तालोलुपताले भरिएको घैँटो जस्तै भएको आरोप लगाएकी हुन्।

‘जनताप्रति अनुत्तरदायी ओली–सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी छ। यसको चाँडोभन्दा चाँडो बर्हिगमन आजको आवश्यकता हो,’ उनले भनिन्।

प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएको दाबी गर्दै उनले भनिन्, ‘सत्ता टिकाउन जे जस्तो कूकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ। आज उहाँलाई प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *