माओवादीद्वारा प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

डिसी नेपाल
२३ चैत २०७७ १७:५९

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा हुँदा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता भएको छ। फागुन २३ को सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि एमालेका सदस्यहरुले प्रस्ताव फिर्ता लिइसकेका थिए। सोमबार माओवादीले पनि प्रस्ताव फिर्ता लिएको हो।

सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरे। प्रस्ताव फिर्ता लिएपछि डिसी नेपालसँग फोनमा कुरा गर्दै उनले भने, ‘पहिला हामी नेकपा हुँदा प्रस्ताव ल्याएका थियौं। अहिले परिस्थिति बदलिएको छ। एमाले र माओवादी ब्युँतिएपछि एमालेका सदस्यहरुले प्रस्ताव फिर्ता लिइसक्नु भएको छ। अब हामीसँग अविश्वासको प्रस्ताव राख्ने संख्या नै नपुग्ने भएकाले आज प्रस्ताव फिर्ता लिएका हौं।’

उनले अविश्वास प्रस्ताव फिर्ता लिए पनि आफूहरु मुद्दामा भने अडिग रहेको बताए। उनले प्रस्ताव फिर्ता लिए पनि सरकारलाई समर्थन भने नरहेको उनले बताए।

गत पुस १२ गते तत्कालीन नेकपाको प्रचण्ड(माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। तर फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशमा अविश्वासको प्रस्ताव पास हुने अवस्था थिएन।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *