शारीरिक सम्बन्धपछि युवकले ‘साथी मात्रै रहन चाहन्छु’ भनेपछि…

काठमाडौं। आफूले मन पराएका युवकले साथी मात्र रहन चाहन्छु भनेपछि रिसाएकी युवतीले सामाजिक संजालमा यस्तो कुरा पोस्ट गरिन् कि उनलाई अदालतले जेल सजाय सुनाएको छ । यी युवतीलाई ३ महिनाको जेल सजाय सुनाइएको छ । बेलायतको नर्थ योर्कशायरकी यास्मिक वाकर नामकी यी युवतीले ती युवकको आपत्तिजनक फोटो सामाजिक संजालमा पोस्ट गरिदिएकी थिइन् जसले उनीसँग साथी मात्र रहन चाहेको बताएका थिए ।
डेलीमेलका अनुसार अदालतले ती युवतीले बदला लिन यी फोटो पोस्ट गरेको ठहर गरेको छ । यास्मिनले यी युवकसँग शारीरिक सम्बन्ध पनि राखेकी थिइन् । योर्क क्राउन कोर्टमा यास्मिनले बताएअनुसार शारीरिक सम्बन्धपछि युवकले साथी मात्र बनेर रहने भनोपछि उनले यी तस्वीर पोस्ट गरेकी थिइन् । ३० वर्षकी यास्मिनको सामाजिक संजालमा १३ हजार फलोअर छन् । कानुनी कारणले पीडित युवकको पहिचान खुलाइएको छैन ।
पीडित युवकका अनुसार उनलाई यो पोस्टको स्क्रिनसट पठाइँदा उनी सिनेमा हलमा थिए । आफ्नो नग्न फोटो देखेपछि उनले फोटो हटाइदिन आग्रह गर्दै पुलिसमा उजुरी गर्ने पनि बताएका थिए । पीडितका वकिलका अनुसार यो फोटो अनलाइनमा ११ मिनेटसम्म रहेको थियो । यास्मिनले भने अघिल्लो सम्बन्धको क्रममा एक झगडामा उनले आफ्नो एक आँखाको ज्योति गुमाएकोले अहिले आँखाले राम्रोसँग नदेख्दा झुक्किएर तस्वीर पोस्ट गरेको दावी गरेकी थिइन् । यास्मिनले आँखाको दृष्टि राम्रो नभएको दावी गरे पनि यो कारणले गल्ती भएको भन्ने कुरालाई अदालतले अस्वीकार गरेको छ । अदालतले यसलाई रिभेन्ज पोर्नोग्राफी अन्तर्गतको अपराध ठहर गरेको छ ।
Facebook Comment