स्पेनका उपप्रधानमन्त्रीद्वारा लुम्बिनी फाउन्डेसनका अध्यक्ष तिमिल्सिना सम्मानित

डिसी नेपाल
२६ चैत २०७७ १४:४४

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेनका उपप्रधानमन्त्री कारमेन काल्भो र एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुईलेरम्मो फर्नान्डेज भारद्वारा सम्मानित भएका छन् ।

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको एक्स्त्रेमादुरा प्रदेशमा आयोजित शान्ति सम्मेलनका प्रमुख अतिथि अध्यक्ष तिम्सिनालाई स्पेनका उपप्रधानमन्त्री काल्भो तथा एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री भारले स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा स्वागत तथा सम्मान गरेका हुन्।

संसद भवनमा शान्ति सम्मेलनको औपचारिक उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैल्याउन सबैलाई अनुरोध गरेका थिए। शान्तिका अग्रदु्ूत गौतम बुद्धको जन्मभूमी नेपालको तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्दै उनले बुद्धदर्शनको अद्धितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नविनतम सोच भएको बताएका थिए।

सो अवसरमा अध्यक्ष तिम्सिनाले भने, ‘यही समयमा यही संसारमा र यसै जीवनकालमा सुख, शान्ति र समृद्धि प्राप्त गर्न सकिन्छ जसका लागि हामीले घृणा र स्वार्थ त्याग्नुपर्छ। र, दया, भातृत्व र परोपकारको भावनाको विजारोपण गर्नुपर्ने भएकोले बुद्धदर्शनलाई मानव सशक्तिकरणको दर्शन भन्न सकिने तथा बुद्धदर्शन मानवताको पुनर्खोज हो। व्यक्तिको अनुशासन र रुपान्तरण र आफ्नो उदाहरणीय व्यवहारद्वारा समाजको रुपान्तरण गर्ने प्रक्रिया हो र यसको अन्तिम लक्ष्य सामाजिक सद्भाव सुनिश्चित गर्नु र न्याय, विश्ववन्धुत्व, शान्तिपूर्ण सहअस्तित्व र मानवीय मर्यादामा आधारित विश्वव्यवस्था कायम गर्नु हो।’

विश्वशान्ति र सद्भाव कायम गर्नमा बुद्धदर्शनको योगदानको कदर गर्दै सन् १९९९ मा संयुक्त राष्ट्रसंघले बुद्धको जन्मदिनलाई बिशेष दिवसको मान्यता दिनु र सहअस्तित्व जस्ता बुद्धदर्शनका मान्यताहरुमा आधारित वडापत्र भएको संयुक्त राष्ट्रसंघ जस्तो विश्व संस्थाले बैशाख दिवसलाई मान्यता दिनु गर्वको विषय भएको उनले बताएका थिए।

अध्यक्ष तिमिल्सिनाले भने, ‘बुद्धको शान्तिको सन्देशलाई आत्मसाथ गर्दै लुम्बिनी गार्डेन फाउन्डेसनले क्याथेरेस शहरमा सुरु गरेको प्रोजेक्टमार्फत विश्व मानचित्रमा एक्स्त्रेमादुरा र क्याथेरेस केन्द्रमा रहने र यो नमूना प्रोजेक्ट स्पेनको क्याथेरेस शहरमा गराउन लुम्बिनी गार्डेन फाउन्डेसनसँग सहकार्य गरेकाे एक्स्त्रेमादुराका मुख्यमन्त्री, क्याथेरेसका मेयरलाई धन्यवाद छ।,

सो अवसरमा एक्स्त्रेमादुरा प्रदेशका सभामुखले अध्यक्ष तिम्सिनाको प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपालबाट शान्तिको संदेश ल्याउन पाउदा खुसी भएको बताए। सभामुखले यसले नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने बताए। एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्रीले अध्यक्ष तिमिल्सिनाको आगमन प्रदेशको सौभाग्य भएको बताए।

मानव सभ्यता बिर्सदै गएको यस अवस्थामा शान्ति भित्र्याउन गरेको पहलमा नेपाल सरकारको सहयोग पाउनु ठूलो रहेको बताए। उनले नेपालाई स्पेनले प्रविधिको क्षेत्रमा सहयोग गर्ने समेत बताए।

सम्मेलनमा स्पेन सरकारका उपप्रधानमन्त्री, एक्स्त्रेमादुराका मुख्य मन्त्री, एक्स्त्रेमादुराका सभामुख, स्पेनका लागि नेपाली राजदूत, सांसदहरु, प्रदेशका मन्त्रीहरु, मेयरहरु, फाउन्डेसनका पदाधिकारीहरु तथा पत्रकारहरु सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *