प्रधानमन्त्री संसद बैठकमा आउँदा सभामुख अल्छी बनेको आरोप

डिसी नेपाल
२६ चैत २०७७ १५:३६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली संसदमा आएको बेला सभामुखले अल्छीपना देखाएको र प्रधानमन्त्री नआएका बेला मात्रै प्रधानमन्त्री खै भन्दै सोधिएको एमाले नेता महेश बस्नेतले आरोप लगाएका छन् । बिहीबारको संसद बैठकमा सांसदहरुले प्रधानमन्त्री अनुपस्थित भएको कुरा उठाएपछि प्रधानमन्त्रीको बचाउृ गर्दै बस्नेतले यस्तो बताएका हुन् । पुनःस्थापना पछिको बैठकमा आजबाहेक सधैं प्रधानमन्त्री संसदमा आएको नेता बस्नेतले बताए।

एमाले नेता बस्नेतले बैठकमा बोल्दै सरकारलाई धन्यवाद समेत दिएका छन् । बैठकमा बोल्दै बस्नेतले भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाभित्र कला, संस्कृति, सम्पदाको प्रतीकका रुपमा बिस्केट जात्रा मनाउने चलन रहेको बताउँदै यसलाई सहजीकरण गर्दै जात्रा नरोकिने वातावरण बनाइदिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका हुन् ।

‘यसै साता भक्तपुरमा १३ ओटा नयाँ स्मर्ट सिटी बनाउने र भक्तपुर विद्युतीय अस्पतालको भौतिक पूर्वाधार सहित विभिन्न सडक बनाउन ३ अर्ब भन्दा धेरै बजेट भक्तपुरलाई दिएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु’ बस्नेतले भने । संसदमा बोल्दै नेता बस्नेतले देशमा राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको अवस्था बढेको बेला संसदमा अस्वस्थ बहस चलेको नेपाली जनताले मूल्याङ्कन गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *