माओवादी त्यागेर एमाले प्रवेश गरेका चारजनाको मन्त्री र सांसद पद खोसियो

डिसी नेपाल
२६ चैत २०७७ १८:३९

काठमाडौं। सर्वोच्च अदालतको फैसलाबाट तत्कानिल एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादीमा फर्किनुपर्ने ४ जना प्रतिनिधिसभाका सांसद तथा वर्तमान सरकारका मन्त्रीहरु एमालेमै सक्रिय भए। एमालेको केन्द्रीय कमिटीमा मनोनितसम्म भए।

तर, माओवादीमा क्रियाशील नभई दल त्यागेका उनीहरुको सांसद र मन्त्री दुबै पद गएको छ। उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, सामाजिक सुरक्षा तथा श्रम रोजगारमन्त्री गौरीशंकर चौधरी, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र सहरी विकासमन्त्री प्रभु साहको सांसद तथा मन्त्री पद खोसिएको हो।

सांसद भएका व्यक्ति मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार मन्त्री भएका उनीहरुको सांसद पद गएसँगै मन्त्री पद पनि गएको हो। दल बदल कानुनअनुसार दल त्यागेको सूचना माओवादी केन्द्रले संसदलाई दिएपछि बिहीबार सभामुख अग्निप्रसा सापकोटाले उनीहरु चारैजनालाई सांसद पदबाट मुक्त गरेको जानकारी दिएका थिए।

सांसद पद गएसँगै चौधरी, साह र रायमाझी४ महिनामै मन्त्री पद गएको हो। उनीहरु तीनजना गत पुस १० मा मन्त्री नियुक्त भएका थिए। भट्ट भने २०७६ मंसिर ५ मा मन्त्री नियुक्त भएका थिए। यसअघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदको पदावधि सकिनुभन्दा अघिल्लो दिन राजीनामा दिएका थिए। र भोलिपल्ट पुनः मन्त्री नियुक्त भएका थिए। सांसद नभएका व्यक्ति पनि मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।, तर त्यसरी सांसद बनेकाहरु ६ महिना भित्र सांसद बनिसक्नुपर्छ। अन्यथा स्वतः पदमुक्त हुने व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *