पत्रकार महासंघ चुनावः ४० जिल्लाको गणना सकिँदा विपुल पोखरेलको प्यानलनै अगाडि (मतसहित)

डिसी नेपाल
२७ चैत २०७७ १४:१०

काठमाडौं। नेपाल पत्रकार महासंघको बुधबार सम्पन्न मतदानको मतगणना जारी छ। शुक्रबार दिउँसो २ बजेसम्म केन्द्रीय कार्यसमितिको ४० जिल्लाको मतगणना सकिएको छ। ४० जिल्लाको मतगणना हुँदा प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव समूह), प्रगतीशील पत्रकार संघलगायतका विभिन्न ११ संगठनको लोकतान्त्रिक प्यानलका सबै उम्मेदवारहरुले अग्रता बनाएका छन्। यो प्यानलबाट युनियनका विपुल पोखरेल अध्यक्षको उम्मेदवार छन्।

उनले ४० जिल्लाको मत गणना सकिँदा २५८० मत ल्याएका छन् भने उनकी प्रतिस्पर्धी प्रेस चौतारी (ओली समूह)बाट उम्मेदवार बनेकी निर्मला शर्माले १४२४ मत ल्याएकी छन्। स्वतन्त्र उम्मेदवार ११९ मत ल्याएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले २४१३ मत ल्याएका छन् भने शर्मा प्यानलका माधव नेपालले १३३७ मत ल्याएका छन्।

यस्तै महासचिबमा पोखरेल प्यानलका उम्मेदवार रोषन पुरीले २२५४ र शर्मा प्यानलका वालकृष्ण बस्नेतले १४२७ मत ल्याएका छन्।
अन्य उम्मेदवारको मत यसप्रकार छः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *