पुनर्नियुक्त चार जना मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

डिसी नेपाल
२७ चैत २०७७ १८:२३

काठमाडौं । पुनर्नियुक्त चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

नेपालको संविधानको धारा ८० बमोजिम ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थिति रहेको थियो । पुनर्नियुक्ति मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *