राज्य र जनता स्वतन्त्र बनाउन रत्नकुमारले खेलेको भूमिका अविस्मरणीयः सुवास नेम्वाङ

डिसी नेपाल
२७ चैत २०७७ २०:४८

इलाम । नेकपा (एमाले)का उपनेता सुवास नेम्वाङले जनता र देशलाई स्वतन्त्र गराउन शहीद रत्नकुमार वान्तवाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । एमाले इलामले शुक्रबार आयोजना गरेको वान्तवाको स्मृतिसभालाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शहीद वान्तवाको राजनीतिक जीवनको चर्चा गरे ।

नेम्वाङले देशका शहीदहरुले गरेको बलिदानलाई टेकेर आएको नेपालको संविधान नेपाल र नेपालीको भविष्यका लागि उपहार भएको बताए । वर्तमान सरकार असफल भएको भन्ने हल्ला गर्नेलाई पछिल्लो समय शिलान्यास गरिएका विकासका आयोजना र निर्माण भइरहेका योजना गतिलो जवाफ भएको नेम्वाङले बताए। “दैनिक सयौं योजना शुरु भएका छन् । प्रधानमन्त्रीले एकै ठाउँबाट विभिन्न आयोजना शिलान्याश गरिरहनु भएको छ” एमाले स्थायी कमिटी सदस्यसमेत रहेका नेता नेम्वाङले भने ।

उनले भारतले नाकाबन्दी गर्दा पनि दक्षिणी सिमानाका उब्जिएको सहज परिस्थिति भन्नेलाई उत्तरका नाका खोलेर नाकाबन्दी नहुने अवस्था सिर्जना गर्दा पनि ओली सरकारले केही गरेन र गर्न सक्दैन भन्नु हास्यास्पद रहेको बताए । सरकारले भूमिगत अवस्थामा रहेका दलहरुलाई अन्य दल सरह नेपालको झण्डामुनि उभ्याउने काम गरेको भन्दै नेम्वाङले यसलाई सफलता मान्ने कि असफलता भन्दै प्रतिप्रश्न गरे । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *