टुँडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेल पुगेर सेनाले त्यहाँ आयोजना गरेको अश्वकला र साइकल खेललगायतका प्रदर्शनी अवलोकन गरे ।
सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरियो ।
कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो । कुकुर इमान्दार र आज्ञापालक जनावरका रुपमा लिने गरिन्छ ।
घोडेजात्रा अवलोकनका लागि प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुगेका थिए।
तस्वीरः प्रदीपराज वन्त, रासस
Facebook Comment