नहकुल सुवेदी न्यायाधीश बन्न योग्य भएको सर्वोच्चको फैसला

डिसी नेपाल
३० चैत २०७७ १८:१६

काठमाडौं । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न योग्य भएको सर्वोच्च अदालतले फैसला सुनाएको छ ।

योसँगै सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको छ। योग्यता नपुगेको दावी गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले न्याय परिषद्को सचिवालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए ।

सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । सुवेदीले उच्चको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् । न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार रिट खारेज गर्ने फैसला गरेको हो ।

फैसलाको पूर्णपाठ:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *