वैशाख ७ देखि दिइने पहिलो चरणको दोस्रो डोज खोप लगाउन तोकिए १९ अस्पताल
काठमाडौं । कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाइसकेकाका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाइने भएको छ
स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।
पहिलो चरणमा गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा खोपको दोस्रो डोज लगाउन लागिएको हो।
सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई कोभिसिल्ड खोप लगाइदिएको थियो ।
प्रतिक्रिया
Facebook Comment