चिडियाखानामा एक्लै रमाउन थाल्यो बर्दियाबाट ल्याइएको पाटेबाघ
![चिडियाखानामा एक्लै रमाउन थाल्यो बर्दियाबाट ल्याइएको पाटेबाघ](https://www.dcnepal.com/wp-content/uploads/2021/01/tiger_ULOxW5FWtB.jpg)
काठमाडाैं करिब १० वर्षसम्म बर्दियाको घना जङ्गलमा आफैँ सिकार गरेर विचरण गरेको पाटेबाघ सदर चिडियाखानाको ‘रेडिमेड’ मासुमा चाँडै रमाउन थालेको छ । चिडियाघरको पाहुना र माउन थालेपछि संरक्षणकर्मीमा पनि सन्तोष बढेको छ ।
गैँडा गणनामा संलग्न हात्ती माउते पुलिसराम चौधरीको ज्यान लिएपछि बेहोश गरेर यहाँ ल्याइएको यो बाघ सदर चिडियाखानामा बस्न थालेको एक साता पुगेको छ ।
बर्दियाबाट सडकमार्ग हुँदै ललितपुर जावलाखेलस्थित सदरचिडियाखाना पु¥याएकै दिन भोको पेटमा तीन केजी मासु मजाले खाएको बाघले जङ्गलमा भुत्लासहित खाएको सिकार जस्तै मीठो स्वाद मानेर खाला भन्ने चिडियाखानाका कर्मचारीलाई विश्वास लागेको थिएन ।
तर, यो बाघलेजङ्गली सिकार र ‘रेडिमेड’ सिकारमा गन्ध थाहा नपाएझैँ गरेर र खाएको देखेपछि कर्मचारी पनि अचम्ममा परेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
Facebook Comment