रु रु जलविद्युत परियोजनाकोआईपीओ बाँडफाँट

डिसी नेपाल
३ वैशाख २०७८ १३:१८

काठमाडाैं। रु रु जलविद्युत परियोजनाको आईपीओ बाँडफाँट भएको छ। विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रवार बाँडफाँट भएको हो। ३७ हजार ९ सय १६ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

यसरी बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर १० कित्ताभन्दा बढी माग गरी आवेदन दिएका ७ जनालाई १र१ कित्ताका दरले थप पाएका छन्। कम्पनीले निष्कासन गरेको आईपीओमा कुल १६ हजार ८३ हजार १२१ जना आवेदकबाट २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता सेयर खरीदका लागि आवेदन परेको थियो।

जसमध्ये ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको विक्री प्रबन्धकले जानकारी गराएको छ। कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू १२० मा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *